३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

‘उद्योगी-व्यवसायीका समस्या समाधानका लागि सहकार्य गरेर अघि बढ्छौं’



भैरहवा । उद्योगी-व्यवसायीका समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्ने निजी क्षेत्रका दुई संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भैरहवामा पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सिद्धार्थनगर-९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले पछिल्लो समय उद्योगी–व्यवसायी ठूलो समस्यामा परेका कारण समाधानका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी–व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आएको बताए । उनले चेम्बर अफ कमर्स, रुपन्देही निजी क्षेत्रको प्रतिनिधित्व गर्ने स्थापित संस्था भएको बताए । उनले भने, ‘यस संस्थामा करिब ५ हजार उद्योगी–व्यवसायी आबद्ध छन् । संस्थाले उद्योगी–व्यवसायीलाई आपत–विपतमा सहयोग गर्दै आएको छ । विकास निर्माणमा सहयोगका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।’ अध्यक्ष ज्ञवालीले चेम्बर अफ कमर्स, रुपन्देही र पोखरा चेम्बर अफ कमर्स, कास्कीसँग सहकार्य गर्दै उद्योगी–व्यवसायीको समस्या समाधानका लागि अघि बढ्ने बताए ।

उनले कोभिड–१९ का कारण प्रभावित भइ बल्लबल्ल सञ्चालन भएका उद्योग–व्यवसाय पछिल्लो समय आर्थिक मन्दी, बैंकको उच्च बैंक ब्याजदरका कारण पुनः धरासायी हुने अवस्थामा पुगेको बताए । उनले प्रत्येक चेम्बर अफ कमर्स एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई भैरहवामा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं ।’

त्यस्तै पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यमनाथ पौडेलले पेशा व्यवसायलाई मर्यादित बनाउन र संरक्षण गर्न संस्थाले काम गर्दै आइरहेको बताए । उनले भने, ‘महान उद्देश्यले अगाडि बढ्यौं भने संस्थालाई चलायमान बनाउन सक्छौं । ’ उनले पोखरा चेम्बर अफ कमर्स उत्कृष्ट चेम्बर अफ कमर्सको रुपमा समेत सम्मानित भइसकेको जानकारी दिए । उनले सम्पूर्ण व्यवसायलाई अपनत्व र संरक्षण हुने गरी संस्थाले काम गरिरहेको बताए । उनले गण्डकी प्रदेश सरकारबाट पनि पोखरा चेम्बर अफ कमर्सले गरेको राम्रो कामको मूल्यांकन भएको बताए । उनले भने, ‘संस्थाले निजी क्षेत्रको छाता संगठनको रुपमा भूमिका निर्वाह गर्दै आएको छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनको लागि अन्तर चेम्बर भ्रमण आदानप्रदानसहित तीनदिने पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमअन्तर्गत बिहीबार भैरहवा आइपुगेको पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई चेम्बर अफ कमर्स, रुपन्देहीले स्वागत गरेको हो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०४ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका