१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नगरस्तरीय अस्पताल भवनको शिलान्यास



काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ स्थित नौबीसेमा नगरस्तरीय अस्पताल भवनको बुधबार शिलान्यास गरेका छन् ।

आकस्मिक, प्रसूति, बहिरङ्ग सेवा प्रदान गर्ने उद्देश्यले १५ श्यया क्षमताको अस्पताल निर्माण हुन लागेको हो । सो अवसरमा मन्त्री दुलालले प्रदेश सरकारले अन्य स्थानीय तहमा पनि अस्पताल निर्माण गर्ने योजना बनाएको बताउनुभयो । उहाले भन्नुभयो, ‘कुनै पनि नागरिक स्वास्थ्य सेवाको पहुँचबाट टाढा नगराउने उद्देश्यले अस्पताल निर्माण थालिएको हो ।’ उहाका अनुसार उक्त अस्पताल निर्माणका लागि प्रदेश सरकारले रु सात करोड बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आफूहरू स्वस्थ समाज निर्माणार्थ खटिरहेको बताउनुभयो । ‘स्वस्थ जविनशैलीले मात्रै समृद्धि सम्भव हुने भएकाले प्रदेश सरकार सधैँ स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ’, उहाले भन्नुभयो । अर्का प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार दत्तचित्त रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘गाउँमै मानव जीवनमा आवश्यक गुणस्तरीय स्वास्थ्य सुविधा पाउँदा स्थानीयमा सुखद विषय हो ।’

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झा, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत पौडेललगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेगरी स्थानीयस्तरमा अस्पताल बन्नु खुशीको विषय भएको उल्लेख गर्दै जिल्लाका अन्य स्थानीय तहमा यस्तै क्षमताका अस्पताल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अस्पताल सञ्चालनको प्रारम्भिक चरणमा एक चिकित्सकको नेतृत्वमा नर्सिङ सेवा, प्यारामेडिक तथा प्रयोगशालासमेतको सुविधा प्रदान गर्ने योजना रहेको बताइएको छ । पहिलो चरणमा पाँच श्यया राख्दै १५ श्य्यासम्म विस्तार गरिने नगरप्रमुख टोकबहादुर वाइबाले बताउनुभयो ।

उहाले अस्पताल निर्माणका लागि रु १२ करोड ४५ लाख लाग्ने तथा आउँदो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाका अनुसार अस्पतालबाट छिमेकी सिन्धुपाल्चोकको केही स्थानीय तहका बासिन्दालाईसमेत सुविधा पुग्नेछ । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : २१ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति