१८ श्रावण २०८३, सोमबार | August 3, 2026

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् ।

तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।

सरसफाईमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्रीलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ-संस्था, क्लव, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले सहभागिता जनाएका थिए । तिलोत्तमा नगरपालिकाले सरसफाईलाई नगरबासीको जीवन पद्धतिसँग जोड्नेगरी अभियान सञ्चालन गरेको छ ।

आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्नेगरी नगरबासीमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन । ‘एक जनाले गरेको फोहोर अर्कोले टिपेर स्थायी समाधान हुँदैन । यसका लागि हरेक व्यक्तिमा आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास हुनुपर्छ ।’ उनले भनिन, ‘हाम्रा कार्यक्रमहरु अब त्यसतर्फ केन्द्रीत हुनेछन् ।’

वडा नं. ७ को भलबारी चोकमा सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख खाणले सरसफाईलाई संस्कार र संस्कृतिसँग जोड्दै तिलोत्तमामा हरियाली प्रवद्र्धन र सरसफाईका कार्यक्रमहरु अघि बढाइने उल्लेख गरे । उनले तिलोत्तमालाई शहरको जस्तो भौतिक पूर्वाधार विकास र गाउँको जस्तो सामाजिक सद्भाव कायम राख्नेगरी विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै उपप्रमुख चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताइन । त्यस अवसरमा अभियानका संयोजक सुरेन्द्र श्री, नगरस्तरीय टोल विकास संस्था सञ्जालका संयोजक हेमराज पौडेल, समाजसेवी गंगा शाही, नगरपालिकाको वातावरण शाखाका गोरखनाथ खनाललगायले नगरपालिकाको अभियानको बारेमा बोलेका थिए ।

यसैबीच सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शनिबार नगरपालिकामा रक्तदान कार्यक्रम समेत भएको छ । त्यसअवसरमा ६३ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा नगरपालिकामा रक्तदान कार्यक्रम भएको हो । रक्तदानमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था, टोल विकास संस्थाले सहभागिता जनाएका थिए ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यहीँ फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : २४ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।