३ आश्विन २०८३, शनिबार | September 19, 2026

उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीको पेशा अन्धकार मय भएको गुनासो



बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीहरुको पेशा व्यवसायमा अन्धकार लागेको गुनासो गरेका थिए ।

मुलुकमा देखिएको संकटले हरेक व्यवसाय धरापमा परेको वेला रुपन्देहीका विद्युतीय व्यवसायीले भोग्नु परेको पीडा यसरी सुनाएका हुन । बैकको व्याज बुझाउन सारै समस्या भयो, जसले गर्दा व्यापारीको जोरो काडने भयो, संकट लम्बिदा समस्याले रेकड तोडने भयो जस्ता पीडा सुनाएका थिए ।

उनिहरुले राज्यले व्यवसायीले भोग्नु परेका तमाम समस्यामा ध्यान दिन सकेको छैन । बैक तथा विक्तियसंस्थाहरुको चर्को व्याजदर र विद्यतीय सामान उत्पादन गर्ने उद्योगहरुले सिधै उपभोक्ताको घर घरमा होलसेलले पाउने मुल्यमा सामान सप्लाई दिदा विद्युतीय व्यवसायी मारमा परेको गुनासो गरेका छन । उनिहरुले विद्युतीय व्यवसायी महासंघले यी यस्ता मारमा परेका व्यवसायीको संरक्षणको लागि जिम्मेवार हुन व्यवसायीहरु डोलाराम न्यौपाने, दिलिप अग्रववाल, तेज वहादुर जिसी र तेज नारायण खरेलले माग गरे ।

कार्यक्रममा वोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव विमल राज भट्रराई र रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले बुटवल लगायतका प्रमुख शहरका व्इवसायी उद्योगी व्यापारीहरु चरम आर्थिक समस्यामा परेको गुनासो राखे । बैक वाहेक अन्य सबै व्यवसाय चौपट भएको औल्याए ।

कार्यक्रममा विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले विद्युतीय व्यसायीका समस्याको सवालमा महासंघ चिन्तित रहेका बताउदै महासंघको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत समस्याको सवालमा एकतर्फी रुपमा गम्भिर हुन संभव नभएकाले अर्थ मन्त्रालयसंग सिधै छलफल गरि समाधान खोज्न जरुरी रहेको औल्याए ।

संघका अध्यक्ष लोक नाथ पोखरेलको अध्यक्षतामा भएका कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शान्तराज कंडेल, महासचिव सूर्य कुवंर लगायतले व्यवसायीका सवालमा महासंघ जिम्मेवार हुन माग गरेका थिए ।

सोही अवसरमा बुटवल नगर समितिलाई उत्कृष्ट तिलोत्तमा नगर समिति दोस्रो र सैनामैना नगर समिति तेस्रो हुदै सम्मानित भएका छन । सोही समारोहमा संघले एसईईमा व्यवसायीका छोराछोरीबाट उत्कृष्ट अंकल्याएकालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको