२८ असार २०८३, आइतबार | July 12, 2026

स्ववियु निर्वाचन : १८ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध



काठमाडौं । आसन्न स्वत्रन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।

उनले सार्वजनिक गरेको सुची अनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका हुन । पुनले सार्वजनिक गरेको लिष्टमा सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा, सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी, चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की, बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट, फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने, लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही, जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा, गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ, चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल, मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल निर्विरोध भएको उल्लेख गरिएको छ ।

त्यसैगरि सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने, शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी, गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे, कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ, चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ र नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना निर्विरोध निर्वाचित भएको पुनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : १४ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण