१६ असार २०८३, मंगलबार | June 30, 2026

युएईमाथि नेपालको सानदार जित, ४ वर्षे ओडिआई मान्यता कायम



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले युएईमाथि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सानदार जित निकालेको छ ।

यो सगैं नेपालले ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि १७७ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २४९ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको युएईले २२.३ ओभरमा १० विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । युएईका लागि आयान अफजल खानले २९ रनको योगदान गरे । उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

अन्य ८ खेलाडीले दोहोरो रन जोड्न सकेनन् । ओपनर वृत्य अरविन्द, आर्यन लाक्रा र जहूर खान शून्य रनमै आउट हुँदा आसिफ खानले ६ रन, मोहम्मद वसीमले १ रन, रोहन मुस्तफाले ६ रन, जवर फरीदले २ रन जोडे ।

यस्तै, विकेटकिपर अश्वन्त वल्थापाले १४ रन, पलानियापन मयप्पनले ११ रन र जुनैद सिद्दिकीले १ रन बनाए ।

नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपाललाई पहिलो ओभरको पाँचौ बलमा पहिलो सफलता दिलाएका ललित राजवंशीले ५ विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सान झा, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाएर २४८ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

२२ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा रहेको नेपाललाई मध्यकम्रका ब्याटरले उद्धार गरे । नेपाललाई चौथो विकेटका लागि भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए ।

यस्तै, दीपेन्द्र सिंह ऐरिले १९ बलमा ३४ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।

युएईका लागि जाहोर फरीद, रोहन मुस्तफा र अयान खन्लेले २र२ तथा आर्यन लाक्रा र जुनैद सिद्दिकीले १र१ विकेट लिए ।

जितसँगै नेपालले ३४ खेलमा १७ जित र १५ हारसहित ३६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ४० बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज