६ भदौ २०८३, शनिबार | August 22, 2026

साउदी–इरान सम्झौताका निम्ति चिनियाँ मध्यस्थताको प्रशंसा



साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न चीनले निर्वाह गरेको भूमिकाको विश्व समुदायले स्वागत गरेको छ । दुई देशबीचको चिसिएको सम्बन्धलाई पुनः सुमधुर तुल्याउन चीनले गरेको शान्ति प्रयासको अन्तरराष्ट्रिय जगतले प्रशंसा गरेको हो ।

चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः कायम गर्न तेहरान र रियादबीच शुक्रबार सहमति भएको हो ।

तेहरान र रियादले चिनियाँ पक्षले गरेको सहयोगको प्रशंसा गर्दै द्विदेशीय सम्बन्धमा नयाँ अध्याय प्रारम्भ हुने आशा व्यक्त गरेका छन् । साउदी अरबका राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल–एबानले सम्झौताको सराहना गर्दै रचनात्मक वार्तालाई निरन्तरता दिने बताएका छन् । उनले यस सम्बन्धमा जनवादी गणतन्त्र चीनले निरन्तर निर्वाह गरेको सक्रिय एवम् सकारात्मक भूमिकाको मुक्तकण्डले प्रशंसा गरेका छन् ।

त्यसैगरी मोहम्मद अल–एबानका इरानी समकक्षी तथा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शमखानीले आपसी असमझदारी हटाउन बेइजिङले गरेको मिहेनतप्रति आभार गरेका छन् । उनले भविष्यमा तेहरान–रियाद सम्बन्ध सुदृढ भई क्षेत्रीय स्थायित्व र सुरक्षाका साथै आपसी सहकार्यमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

सचिव शमखानीले विद्यमान क्षेत्रीय चुनौती समाधान गर्न, शान्ति र स्थायित्व बढाउन, अन्तरराष्ट्रिय सहयोग प्रवद्र्धन गर्न चीनले निर्वाह गरेको रचनात्मक भूमिकाको प्रशंसा गरेको खबर इरानी सञ्चारमाध्यमले प्रकाशन– प्रसारण गरेका छन् ।

इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई), जोर्डन र इराकलगायत मध्यपूर्वका विभिन्न देश र पक्षले पनि बेइजिङ सम्झौताको स्वागत गरेका छन् । युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गासले साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सम्झौताको स्वागत गर्दै त्यस निम्ति भएको चिनियाँ पक्षले गरेको योगदानको सराहना गरेका छन् ।

असल छिमेकीको अवधारणालाई सुदृढ गर्न, साझा आधारबाट सबैका लागि स्थिर भविष्य निर्माण सुरु गर्न यस क्षेत्रका देशबीचको सकारात्मक सञ्चार र संवादको महत्वप्रति युएई विश्वस्त रहेको बताएका छन् ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घले कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न साउदी–इरान सम्झौताको स्वागत गरेको छ भने उक्त प्रक्रियामा चीनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।

“महासचिवले द्विपक्षीय सम्झौताको स्वागत गर्दै दुई देशबीचको वार्तालापलाई बढावा दिन जनवादी गणतन्त्र चीनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ,” महाचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले ओमान र इराकजस्ता अन्य देशको प्रयासको प्रशंसा गर्दै भनेका छन् । -रासस/सिन्ह्वा

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २६ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र