२० मंसिर २०८२, शनिबार | December 6, 2025

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि



क्वालालम्पुर । मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप-क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ ।

यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको छ ।

यद्यपि, गत बर्षको डिसेम्बरको तुलनामा थोक र खुद्रा व्यापारको बिक्री मूल्य १.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

डिसेम्बरको तुलनामा सवारी साधन निर्माण क्षेत्रको बिक्री मूल्यमा १३.४ प्रतिशतले घटेको कारण थोक तथा खुद्रा कारोबारमा पनि कमी आएको देखिएको हो ।

सोमबार मलेसियाको १ रिङ्गिट बराबर ०.२२ अमेरिकी डलर कायम रहेको थियो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : १० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय