६ पुस २०८२, आइतबार | December 21, 2025

यूएईसँग पीएनजी ६ विकेटले पराजित



काठमाडाैं । कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेकाे छ ।

पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्‍यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे। ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए । आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए ।

६० बलमै शतक हानेका उनी युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन् । यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए ।

यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए । यस्तै आयन अफजाल खानले २७ रन बनाउदा आशिफ खान ११ रनमा अभिजित रहे ।

पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १-१ विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे ।

युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट हात पारे । यो सँगै पिएनजीले लिग २ का सबै ३६ खेल सकाएको छ । ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अत्य गर्‍यो । यता आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ ।

अब लिग २ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : १२ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन