८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । चैत ६ गते प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विश्वासको मत लिने एजेन्डा समावेश गरिदिन प्रधानमन्त्रीले पत्र पठाएको संसद सचिवालयले जनाएको छ ।

गत पुस १० गते एमालेसहितका दलहरुको समर्थनमा प्रधामन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला ९९ प्रतिशत सांसदको विश्वासको मत प्राप्त गरेका प्रचण्डलाई समर्थन गरेका एमाले र राप्रपाले आफ्नो समर्थन फिर्ता गरेपछि पुनः विश्वासको मत लिने निर्णयमा पुगेका हुन् ।

प्रचण्डलाई माओवादीबाहेक नयाँ सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले समर्थन गरिरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : २१ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर