२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । चैत ६ गते प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विश्वासको मत लिने एजेन्डा समावेश गरिदिन प्रधानमन्त्रीले पत्र पठाएको संसद सचिवालयले जनाएको छ ।

गत पुस १० गते एमालेसहितका दलहरुको समर्थनमा प्रधामन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला ९९ प्रतिशत सांसदको विश्वासको मत प्राप्त गरेका प्रचण्डलाई समर्थन गरेका एमाले र राप्रपाले आफ्नो समर्थन फिर्ता गरेपछि पुनः विश्वासको मत लिने निर्णयमा पुगेका हुन् ।

प्रचण्डलाई माओवादीबाहेक नयाँ सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले समर्थन गरिरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : २१ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु