६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा डढेलो विरुद्ध ‘दस्ता’ निर्माण गरिने



नेपालगन्ज । बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो विरुद्ध ‘दस्ता’ निर्माण गरिने भएको छ ।

कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।

उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायकोे सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

“डढेलोका कारण वन्यजन्तुको बासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ”, उनले भने । उनले डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जालसमेत गठन हुने जानकारी दिँदै त्यसबाट विभिन्न सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम हुने बताए ।

उनले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने जनाए ।

सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायतका सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ ।

बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पोशाककोसमेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउँदै आएको जिल्ला वन कार्यालयले शून्य वन डढेलो अभियानलाई केन्द्रित गरेर सर्तकता अपनाएको छ ।

जिल्लाको राप्तीसोनारीको पूर्वी क्षेत्र विनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्त्रण कार्यक्रम बाँकेबाट सुरु गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ०८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको