५ चैत्र २०८२, बिहिबार | March 19, 2026

स्विव्त एजुकेशनद्धारा करियर कन्सल्टेसन सुरु



बुटवल । स्विव्त एजुकेशन प्रा.लि बुटवलको आयोजनामा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा तिन दिने करियर कन्सल्टेसन कार्यक्रम सुरु भएको छ ।

बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको तिन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापुर्ववक सम्पन्न भएको छ ।

यहि चैत ५ गते सम्म आयोजना हुने करियर कन्सल्टेसनको उद्घाटन स्विव्त टेक्नोलोजीजका सह-संस्थापक सुरज माझीले र प्रबन्ध निर्देशक समिता राना मगर गरेका थिए । स्विव्त एजुकेशनका फाउन्डर सुवास शाहीले उपस्थितहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको महत्वमा जोड दिए । उनले आजको प्रतिस्पर्धी संसारमा विशेषज्ञ प्रशिक्षकद्धारा योग्य प्रतिभाहरू सिर्जना गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको बताए ।

प्राविधिक शिक्षाले जसले आगामी पुस्ताको उत्पत्ति गर्न मद्दत गर्ने जानकारी दिदै उनले पनि महत्पूर्ण काम गर्ने अवसर समेत यो कार्यक्रमले सुरुवात गर्ने उनको भनाई रहेको थियो । सहभागीहरूलाई क्यारियर विकल्पहरू अन्वेषण गर्ने अवसर प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको कम्पनीले जानएको छ ।

कार्यक्रममा बिद्यार्थी, युवा पेशाकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले नयाँ स्तरको कार्यक्रम भएको कारण उत्साह व्यक्त गरेका थिए ।

अनुभवी विशेषज्ञहरुबाट सिक्ने र महत्वपूर्ण विषयबारे जानकारी लिने अमुल्य अवसर प्राप्त गरिएको उनीहरुको प्रतिक्रिया रहेको जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन अन्तरक्रियात्मक गतिविधि, खेल, नेटवर्किङको दायरा पनि राखिएको थियो परामर्श सत्रको रूपमा सहभागीहरूले सफ्टवेयरमा विशेषज्ञहरूसँग संलग्न हुने अवसर पाएका थिए ।

ईन्जिनियरिङ्, ग्राफिक डिजाइन, र उद्यमशीलता गरी ३ वटा कोर्षको विषयमा आयोजकले प्रष्ट पारेका थिए । स्विव्त एजुकेशन प्रालिले गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिव रहेको जनाएको छ । नेपाल र बाहिरका व्यक्तिहरू, अन्तर्राष्ट्रिय बुटक्याम्प मा समेत सहभागीता गराउने जसमा २० जनाले मात्रै सहभागी हुन पाउने छन ।

यसरी सहभागीहरुले अन्तराष्ट्रिय स्तरको बुट क्याम्पको शैलीमा प्रशिक्षण, तालिम र सिप सिक्ने छन् । शिक्षा प्राप्ती पश्चात १०० प्रतिशत जागिर प्राप्त गर्न सकिने समेत कम्पनीले जानएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ०९ बजे

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

काठमाडौँ । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी