२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रुपन्देहीमा छोटाहात्ती चोरी गर्ने ‘चोरहरु’ पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट गाडी (छोटाहात्ती) चोरी गर्ने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गत १ गते सिद्धार्थ नगरपालिका ८ अन्नपूर्ण टोलमा सडक किनारमा पार्किङ गरिएको छोटाहात्ती चोर्ने कार्यमा संग्लग्न २ जनालाई प्हरीले पक्राउ गरेको हो ।

स्थानीय कुन्दन श्रेष्ठको नाममा दर्ता रहेको लु १ च ७८२२ नम्बरको छोटाहात्ती सडक किनारमा पार्किङ गरेर राखिएको अवस्थामा चोरी भएको खबर पाए लगत्तै प्रहरीले खोजतलास गर्दा गाडी सहित चोरीमा संलग्न २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.८ बस्ने २३ वर्षिय रिवेश गुरुङ र वडा नं. ३ बस्ने २४ वर्षिय बिबेक परियार रहेका छन् ।

प्रहरीले हराएको गाडी खोजतलास गर्दै जाने क्रममा गए राती २ बजेको समयमा सिद्धार्थ नगरपालिका ९ नालन्दा स्कुल पछाडी खाली खेतमा रोकी राखेको अबस्थामा फेला परेको र सो गाडी भित्र शंकास्पद रुपमा बसिरहेका गुरुङ र परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबैजनालाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १७ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार