२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर



चितवन । जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् ।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिइन । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताइन ।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिइन । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका छन् । विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ३९ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ