१० माघ २०८२, शनिबार | January 24, 2026

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण



बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो ।

यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए । वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशुचौपायामा यो रोग देखिएको हो । दुई हप्ता अगाडि देखिएको यो रोगबाट गाई र गोरु बढी सङ्क्रमित भएका छन् । नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ ।

यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन् ।

रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउँदले बताए । यो रोग निको पार्नेसम्बन्धी कुनै सुई छैन । उनले भने, “उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम सुरु गरेका छौँ, बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौँ ।” यो रोग लागिसकेपछि पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने बताइएको छ । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेका छैनन् ।

पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी, प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । यो रोगले थप समस्या लिनसक्ने भएकाले नियन्त्रणका लागि पहल थालिएको हो ।

लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे । यसपछि चितवनमा देखा परेको सो रोग बैतडीको शिवनाथमा पनि देखा परेको जनाइएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो ९पर्सो० व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।

यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ५८ बजे

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई

दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित