१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

प्रदेश ५ मा थपिँदै कोरोना परीक्षण मेसिन, घट्दै कोरोना सङ्क्रमित



बुटवल । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहे पनि प्रदेश ५ मा निको हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ ।

परीक्षणको दायरा फराकिलो पारिएसँगै घर फर्किने क्रम बढेपछि कोरोनाबारेको मनोवैज्ञानिक त्रास पनि कम हुँदै गएको छ । रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन थप भएपछि परीक्षण अझै तीव्र गतिमा हुने छ ।

एउटा पीसीआर मेसिन भएकोमा अब भने दुईवटा मेसिनबाट पीसीआर मेसिनबाट कोरोना चेकजाँच हुनेछ । प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले अब परीक्षणको दायरा पहिलेभन्दा दोब्बर हुने बताउनुभयो ।

नेपालगञ्जमा अधिकांश कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि क्रमशः बाँके जिल्ला कोरोना मुक्त हुन थालेको छ । बिहीबार मात्रै २३ जना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अब ५९ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।

भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन थप भएको छ । एउटा पीसीआर मेसिन भएकोमा अब दुईवटा मेसिनबाट पीसीआर मेसिनबाट कोरोना भाइरसको परीक्षण हुनेछ । अहिलेसम्म दैनिक दुई सयसम्म परीक्षणको क्षमता रहेको यो प्रयोगशालामा अब दैनिक तीन सयसम्म स्वाब परीक्षण गर्न सकिने प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्रप्रसाद गिरिले जानकारी दिनुभयो ।

थप गरिएको मेसिनले आइतबारदेखि पूर्ण क्षमतामा परीक्षण सुरु गर्ने उहाले बताउनुभयो । पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढेको छ । बिहीबार मात्रै देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका थप १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले योसँगै पाल्पामा ३७२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ३२ बजे

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।