२९ असार २०८३, सोमबार | July 13, 2026

दुई महिनाभित्रै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेको थिएन : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताए ।

संसदको आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रचण्डले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

संसदमा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको बताउँदै उनले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : ३६ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की