२२ भदौ २०८३, सोमबार | September 8, 2026

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’



काठमाडौं । समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गरेका छ । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उनले जानकारी दिए । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ ।

एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।”

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताए ।

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य-तथ्य संरचनाका विषयमा छलफल भएको थियो । “कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ रु लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ”, अभिनेता राईले भने । यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ । कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : १२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार