७ पुस २०८२, सोमबार | December 22, 2025

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।

बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन-२, बारा-२ र तनहुँ-१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन-२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा-२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, तनहुँ-२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ५९ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम