१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आजबाट प्रधानमन्त्री थ्री नेशन कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने



काठमाडौं । आजबाट प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता सुरु हुदैँछ ।  दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ ।

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए । आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा सात नयाँ खेलाडी थपिएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले बिजय हासिल गर्न कठिनाई नभएको बताए । आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाई छ । एन्फाले गत साता मात्र इटालीका अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

उता, टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महशुश गरेको चेम्जोङको भनाई छ ।

हिजो मात्र नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो । इटालियन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटदै २३ सदस्सीय टिम घोषणा गरेका हुन ।

नेपाली राष्ट्रिय फुटबल टोली :

गोलकिपर : अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ

रक्षक : पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ

मिडफिल्डर : सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा

स्ट्राइकर : दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : २३ बजे

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति