९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

भारतकै कारण दुईपक्षीय सीमा वार्ता हुन सकेन : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको अनिच्छाका कारण दुईपक्षीय सीमा वार्ता हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारले वार्ताका लागि भारतसँग बारम्बार पहल गर्दा पनि वास्ता नगरिएको बताएका हुन् ।

सरकारले सीमा समस्या समाधानका लागि प्रयास जारी राखेको पनि ज्ञवालीले बताए । बैठकको सुरुमै सम्बोधन गरेका नेकपा स्थायी कमिटी सदस्य ज्ञवालीले नेपालबाट गरिएका पटक पटकका पत्राचारप्रति भारतले सकारात्मक सन्देश नदिएको बताए ।

नेपालको सुदर पश्चिमी सीमास्थित लिम्पियाधुरादेखि कालापानीसम्म भूमि अतिक्रमण गरेको भारतले गत कात्तिकमा नयाँ नक्शा जारी गरेर नेपाललाई दबाबमा राख्न खोजेको थियो ।

तर, नेपालले कुटनीतिक नोटमार्फत तत्कालै विरोध गरेको थियो भने भारत विरुद्ध नेपालमा व्यापक प्रर्दशन भएको थियो । पछि गत जेठमा भारतले नेपालको भूमि हुँदै सैन्य रणनीतिको सडक उद्घाटन गरेपछि नेपालले तत्कालै प्रतिक्रिया जनाउँदै भारतीय हस्तक्षेपलाई अस्वीकार गरेको छ ।

नेपालले कात्तिकदेखि बैशाखसम्म गरेको वार्ताको पत्राचारलाई अस्वीकार गरेको भारतले नेपालले आफ्नो छुटेको जमिनलाई समेट्दै नयाँ नक्शा जारी गरेपछि र त्यसलाई संविधान संशोधन गरेर संवैधानिक मान्यता दिलाएपछि झन बढी भाउन्निएको छ ।

नेपाललाई दबाबबाटै तह लगाउने भारतीय शासक वर्गको योजना अनुसार नै नेपालसँग वार्ता नगर्ने नीति भारतले लिएको छ ।

आफ्नो संसदले नेपालको भूमि अतिक्रमण गरेर वैधानिक दाबी गरेको भारतले नेपालले प्राकृतिक रुपमा आफ्नो जमिनलाई समेटेर नयाँ नक्शा जारी गरेपछि उल्टै नेपालले वार्ताको वातावरण बिगारेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : ०६ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष