२१ आश्विन २०८३, बुधबार | October 7, 2026

भारतकै कारण दुईपक्षीय सीमा वार्ता हुन सकेन : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको अनिच्छाका कारण दुईपक्षीय सीमा वार्ता हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारले वार्ताका लागि भारतसँग बारम्बार पहल गर्दा पनि वास्ता नगरिएको बताएका हुन् ।

सरकारले सीमा समस्या समाधानका लागि प्रयास जारी राखेको पनि ज्ञवालीले बताए । बैठकको सुरुमै सम्बोधन गरेका नेकपा स्थायी कमिटी सदस्य ज्ञवालीले नेपालबाट गरिएका पटक पटकका पत्राचारप्रति भारतले सकारात्मक सन्देश नदिएको बताए ।

नेपालको सुदर पश्चिमी सीमास्थित लिम्पियाधुरादेखि कालापानीसम्म भूमि अतिक्रमण गरेको भारतले गत कात्तिकमा नयाँ नक्शा जारी गरेर नेपाललाई दबाबमा राख्न खोजेको थियो ।

तर, नेपालले कुटनीतिक नोटमार्फत तत्कालै विरोध गरेको थियो भने भारत विरुद्ध नेपालमा व्यापक प्रर्दशन भएको थियो । पछि गत जेठमा भारतले नेपालको भूमि हुँदै सैन्य रणनीतिको सडक उद्घाटन गरेपछि नेपालले तत्कालै प्रतिक्रिया जनाउँदै भारतीय हस्तक्षेपलाई अस्वीकार गरेको छ ।

नेपालले कात्तिकदेखि बैशाखसम्म गरेको वार्ताको पत्राचारलाई अस्वीकार गरेको भारतले नेपालले आफ्नो छुटेको जमिनलाई समेट्दै नयाँ नक्शा जारी गरेपछि र त्यसलाई संविधान संशोधन गरेर संवैधानिक मान्यता दिलाएपछि झन बढी भाउन्निएको छ ।

नेपाललाई दबाबबाटै तह लगाउने भारतीय शासक वर्गको योजना अनुसार नै नेपालसँग वार्ता नगर्ने नीति भारतले लिएको छ ।

आफ्नो संसदले नेपालको भूमि अतिक्रमण गरेर वैधानिक दाबी गरेको भारतले नेपालले प्राकृतिक रुपमा आफ्नो जमिनलाई समेटेर नयाँ नक्शा जारी गरेपछि उल्टै नेपालले वार्ताको वातावरण बिगारेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : ०६ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द