४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्विव्त एजुकेशनद्धारा ‘करियर परामर्श भव्य’ सम्पन्न



बुटवल । स्विव्त एजुकेशनको आयोजना यहि २०२३ मार्च १७ देखि १९ गते चलेको करियर परामर्श सम्पन्न भएको हो ।

डेल्टा एजुकेसन मार्ट मिलनचौकमा आयोजना गरिएको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो । युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा मात्र नभई विभिन्न क्याम्पस, प्रमुख तथा अन्य कम्पनीका व्यापार प्रमुखहरूको पनि सहभागिता थियो ।

अन्तर्राष्ट्रिय बूटक्याम्प मार्गदर्शन खोज्दै गरेका युवाहरुका लागि एक उत्कृष्ट अवसर रहेको जनाइएको छ । यो कार्यक्रममा सहभागीहरुले ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग र उद्यमिता क्षेत्रहरुमा उद्योग विशेषज्ञहरुबाट सल्लाह लिदै उद्योगमा मूल्यवान अनुभवहरु प्राप्त गरेका हुन ।

कार्यक्रमका अन्तरक्रियात्मक गेम जोनहरूमा सहभागीता जनाएका थिए । नेटवकिङ्ग जोनमा ठुला-ठुला नाम चलेका कम्पनीहरुका संचालक र प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।

स्विव्तसंगै सम्बद्ध अरु कम्पनीहरु, सिटी ९७७ र सयपत्री को आगामी प्रोजेक्टहरुको पनि कार्यक्रममा जानकारी प्रदान गरिएको थियो । स्विव्तको टेक्नोलोजी देखेर सहभागीहरुले पंससासमेत गरेका थिए ।

नेपाली नयाँ वर्ष २०८० कै दिन शुरुवात हुने सिटी ९७७, एक अनलाइन खाद्य र ग्रोसरी डेलिभरी एप हो भने, सयापत्री एक अफलाइन भुक्तानी सेवा प्रदता हो, जसले इन्टरनेट वा सुरक्षा पिनको बिना नै स-सानो भुक्तानीहरु आर।एफ।आइ।दि। टेक्नोलोजीद्वारा गर्ने छ । स्विव्त एजुकेशनले नेपालमा उच्च गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बुट क्याम्पको पुर्व तयारी स्वरुप यो कार्यक्रम आयोजना गरिउको छ । जसमा ६ महिना सम्मको कोर्ष गराउने छ । स्विव्त एजुकेशनका ६ महिनाको कोर्सहरुले विद्यार्थीहरुलाई उनीहरुको छानेक्षेत्रमा प्रदान गर्ने छन् ।

स्विव्त एजुकेशनद्वारा आयोजित यो कार्यक्रम सफलतापुर्वक सकिएको छ र कम्पनीले बूटक्याम्प जस्ता थप कार्यक्रमहरु गर्ने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको