२२ बैशाख २०८१, शनिबार | May 5, 2024

पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक कार्यक्रमकाबीच एआइजी पदमा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै सङ्गठन प्रमुख हुने भएकाले आगामी दिन सङ्गठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार हुन निर्देशन दिए । उनले सङ्गठनको उच्च तहमा रहने प्रहरीले चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकाले उक्त चुनौती र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।

महानिरीक्षक सिंहले सङ्गठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने उल्लेख गरे । बढुवा भएका एआइजीको तर्फबाट मन्तव्य राख्दै एआइजी बसन्तबहादुर कुँवरले पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी सङ्गठनमा सङ्गठनप्रति व्यावसायिक र निष्ठावान रही जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ३१ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै