६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपेन्देहीको तिलोत्तमा गुटखा विक्री गर्न प्रतिबन्ध, बिक्रि गरेकाे फेला परे ५० हजारसम्म जरिवाना



बुटवल । तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार  सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुटखा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ ।

उनका अनुसार नगरपालिका भित्र गुटखा बिक्री गरेको पाइएमा पहिलो पटक डिलर व्यवसायीलाई दस हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ ।

यसैगरी, अन्य व्यवसायीलाई पहिलो पटक कारबाही स्वरुप १ हजार पाँच सय, , दोस्रो पटकमा तीन हजार र तेस्रो पटकमा ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशाशकीय अधिकृत अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ०२ बजे

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन