३ पुस २०८२, बिहिबार | December 18, 2025

दाङमा अचेत अवस्थामा भेटिएकी मृत युवतीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ ।

असार ११ गते दाङमा अचेत अवस्थामा मृत भेटिएकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अचेत अवस्थामा रहेकी अन्दाजी २५–३० वर्षकी ती युवतीलाई प्रहरीले उद्दार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । तर, उनको प्रतिष्ठानमा लैजानुपहिले नै मृत्यु भएको थियो ।

पछि प्रतिष्ठानले उनको स्वावको परीक्षण गर्दा शुक्रबार कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनको हालसम्म नाम र ठेगाना खुलेको छैन । आफन्तहरुको खोजीकार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका