२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजको मौसम : देशभरको मौसममा सामान्य बदली, अधिकांश क्षेत्रमा वर्षाको संभावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

प्रदेश नं १, ५ र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेग गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । त्यस क्षेत्रमा भारि बर्षाको समेत सम्भावना रहेकाले आवशयक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा मध्ययमदेखि भारी बर्षा भएको छ ।

त्यस क्षेत्र भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ भन्दै महाशाखाले सतर्कताका लागि अनुरोधसमेत गरेको छ ।

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा पूर्ण बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती