४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजले ग¥र्यो रक्तदान कार्यक्रम



बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ ।

बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका उपाध्यक्ष रेशम भण्डारीले बताए ।

कार्यक्रममा समाजका अर्का उपाध्यक्ष मनोज गौतमले अहिले पनि रगत दिन धेरैले आनाकानी गर्ने गरेको बताउंदै रक्तदान जीवनदान हो भन्ने जागरण पैदा गर्नका लागि पनि समाजले रक्तादन कार्यक्रम गर्दै आएको बताए । समाजले यस अघि अप्ठयारामा परेकाहरुलाई सहयोग, विभिन्न आश्रममा खाद्यान्य सहयोग, सरसफाई, पारिबारीक मिलन जस्ता कार्यक्रम गर्दै आएको भन्दै उनले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रम गरेको बताए ।

समाजका सह सचिव रामचन्द्र अर्याल (आर.सी)ले हरेक व्यक्ति १८ बर्ष पुरा भएपछि आफ्नो जन्मदिनमा हरेक बर्ष रक्तादान गरे बजारमा रगतको अभाव नहुने र धेरैको अकालमा मृत्यु हुनबाट बचाउन सकिने बताए ।

गुल्मी जिल्लाको मालिका गाउंपालिका वडा नं. ६ अर्जै बाट विभिन्न पेशा व्यवसाय एवं स्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचाराको विकास गर्ने उद्देश्यले गठन भएको समाजले बार्षिक कार्ययोजना अनुसार विभिन्न कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रमको सञ्चालन समाजका सचिव ओमप्रसाद अर्यालले गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको