३ पुस २०८२, बिहिबार | December 19, 2025

मानव बेचबिखनमा नेपालगन्ज नाका बदनाम

रुपैडियामा 'देहात'लाई ५०० बुझाएर सीमा पार गर्न सकिने



नेपालगन्ज । नाकामा आधा दर्जनबढी संघ/संस्थाहरुले चेकजाँच गर्ने गरेको भएपनि बाँकेको नेपालगन्ज स्थित जमुनाहा नाका प्रयोग गरेर मानव बेचबिखन गर्ने कार्य रोकिएको छैन । नेपालमा झण्डै आधा दर्जन संघ संस्था शसस्त्र र नेपाल प्रहरीको जाँच पार गरेर भारत छिराउन सफल हुने गरेका दलालहरुले भारत तर्फ भने सानो रकम घुस खुवाएर मानव बेचबिखनको कार्य गर्ने गरेको खुलासा भएको छ ।

पछिल्लो घटना अनुसार नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ परि कानुनी दायरामा ल्याइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मगराती छन् ।

उनीहरुले काठमाडौं माछापोखरी, बसपार्कलगायतका स्थानहरुमा मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरुलाई सम्पर्क गरी प्रलोभनमा पारेर नेपालगन्जको जमुनाहा नाका पार गराएर भारतको दिल्ली पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।

उनीहरूले होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनि प्रलोभनमा पारी दिल्ली पुर्याई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्युरोले भारतबाट ९ जना पीडितको उद्धार गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडित युवतीहरुलाई दिल्ली पुर्याएका थिए ।  उनीहरूविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान थालेको छ ।

रुपैडियामा घुस खुवाए पार हुन्छ नाका

नेपालगन्जको जमुनाहा नाकाको भारत तर्फको रुपैडियाका मानव बेचबिखनविरुद्धमा काम गर्ने ‘देहात’ नामको भारतीय संस्था सोधपुछका नाममा घुस असुल्ने गरेको पाइएको छ ।

भारत जाने नेपाली महिला र पुरुषलाई रुपैडिहास्थित एसएसबी कार्यालय अगाडि चेकजाँच गर्ने नाममा देहातका कर्मचारीले घरसबापतको पैसा लिने गरेको पाइएको हो ।

केही महिनाअघि पहाडी जिल्लाबाट विवाह गरेर एक जोडी नेपालगन्ज नाका हुँदै भारत प्रवेश गर्दा उनीहरुबाट जबर्जस्ती सो संस्थाले घुस लिएपछि त्यो संस्थाको धन्दा सार्वजनिक भएको हो । घटनाअनुसार उनीहरु भारतमा रोजगारीका लागि जान थालेका थिए । शंका लागेर नाकामा नेपालतिरै बसेको एउटा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले सोधपुछ गरि केटा र केटीका अभिभावकलाई फोन गरेर बिबाह गरेको प्रमाणिकरण भएपछि छाडेका ती जोडीबाट देहात नामको संस्थाले ५ सय भारतीय रकम घुस लिएको खुलासा भएको छ ।

त्यही जोडीलाई नाका पार भएपछि देहातका कर्मचारीले केरकार गर्ने क्रममा मोबाइलमा पाँच सय टाइप गरेर देखाएको र नदिए एसएसबीलाई बुझाउने धम्की दिएपछि डराएका पहाडी जिल्लाका त्यो जोडी पाँच सय रुपैया दिएर अगाडि बढेको बताइएको छ । संस्थाका कर्मचारीहरुले एसएसबीको अगाडिपट्टी बसेर केरकार गर्ने र मोबाइलमा टाइप गरेको रकम नदिए एसएसबीलाई बुझाइदिने धम्की दिने गरेको पीडितहरुले बताएका छन् ।

भारतीय संस्थाबाट रकम माग्ने गरेको गुनासो आउने गरेको मानवबेचबिखन विरुद्ध जमुनाहा नाकामा क्रियाशिल एक संस्थाका एक अधिकारीले खबरकुरालाई बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ४५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको