२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मानव बेचबिखनमा नेपालगन्ज नाका बदनाम

रुपैडियामा 'देहात'लाई ५०० बुझाएर सीमा पार गर्न सकिने



नेपालगन्ज । नाकामा आधा दर्जनबढी संघ/संस्थाहरुले चेकजाँच गर्ने गरेको भएपनि बाँकेको नेपालगन्ज स्थित जमुनाहा नाका प्रयोग गरेर मानव बेचबिखन गर्ने कार्य रोकिएको छैन । नेपालमा झण्डै आधा दर्जन संघ संस्था शसस्त्र र नेपाल प्रहरीको जाँच पार गरेर भारत छिराउन सफल हुने गरेका दलालहरुले भारत तर्फ भने सानो रकम घुस खुवाएर मानव बेचबिखनको कार्य गर्ने गरेको खुलासा भएको छ ।

पछिल्लो घटना अनुसार नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ परि कानुनी दायरामा ल्याइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मगराती छन् ।

उनीहरुले काठमाडौं माछापोखरी, बसपार्कलगायतका स्थानहरुमा मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरुलाई सम्पर्क गरी प्रलोभनमा पारेर नेपालगन्जको जमुनाहा नाका पार गराएर भारतको दिल्ली पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।

उनीहरूले होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनि प्रलोभनमा पारी दिल्ली पुर्याई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्युरोले भारतबाट ९ जना पीडितको उद्धार गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडित युवतीहरुलाई दिल्ली पुर्याएका थिए ।  उनीहरूविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान थालेको छ ।

रुपैडियामा घुस खुवाए पार हुन्छ नाका

नेपालगन्जको जमुनाहा नाकाको भारत तर्फको रुपैडियाका मानव बेचबिखनविरुद्धमा काम गर्ने ‘देहात’ नामको भारतीय संस्था सोधपुछका नाममा घुस असुल्ने गरेको पाइएको छ ।

भारत जाने नेपाली महिला र पुरुषलाई रुपैडिहास्थित एसएसबी कार्यालय अगाडि चेकजाँच गर्ने नाममा देहातका कर्मचारीले घरसबापतको पैसा लिने गरेको पाइएको हो ।

केही महिनाअघि पहाडी जिल्लाबाट विवाह गरेर एक जोडी नेपालगन्ज नाका हुँदै भारत प्रवेश गर्दा उनीहरुबाट जबर्जस्ती सो संस्थाले घुस लिएपछि त्यो संस्थाको धन्दा सार्वजनिक भएको हो । घटनाअनुसार उनीहरु भारतमा रोजगारीका लागि जान थालेका थिए । शंका लागेर नाकामा नेपालतिरै बसेको एउटा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले सोधपुछ गरि केटा र केटीका अभिभावकलाई फोन गरेर बिबाह गरेको प्रमाणिकरण भएपछि छाडेका ती जोडीबाट देहात नामको संस्थाले ५ सय भारतीय रकम घुस लिएको खुलासा भएको छ ।

त्यही जोडीलाई नाका पार भएपछि देहातका कर्मचारीले केरकार गर्ने क्रममा मोबाइलमा पाँच सय टाइप गरेर देखाएको र नदिए एसएसबीलाई बुझाउने धम्की दिएपछि डराएका पहाडी जिल्लाका त्यो जोडी पाँच सय रुपैया दिएर अगाडि बढेको बताइएको छ । संस्थाका कर्मचारीहरुले एसएसबीको अगाडिपट्टी बसेर केरकार गर्ने र मोबाइलमा टाइप गरेको रकम नदिए एसएसबीलाई बुझाइदिने धम्की दिने गरेको पीडितहरुले बताएका छन् ।

भारतीय संस्थाबाट रकम माग्ने गरेको गुनासो आउने गरेको मानवबेचबिखन विरुद्ध जमुनाहा नाकामा क्रियाशिल एक संस्थाका एक अधिकारीले खबरकुरालाई बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ४५ बजे

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह