३० असार २०८३, मंगलबार | July 14, 2026

काठमाडौं प्रवेश गर्ने २ सडक केहीदिनका लागि बन्द



हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाइएको छ ।

त्यस्तै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत ज्यामिरे– रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो ।

हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ४९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति