२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ । काठमाडौं । राहदानी दुरुपयोग गरेको विषयमा रवि लामिछाने विरुद्ध मुद्दा चलाउन नपर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यद्यपी, रिट दर्ता अझैसम्म भएको छैन ।

पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग रिट निवेदनमा माग गरेका छन् । लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्न विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको रिटमा माग गरिएको छ ।

पौडेलले रिट निवेदनमा आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने आधार हुँदा हुँदै महान्यायाधिवक्ताले लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको जिकिर गरेका छन् ।

महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर निष्कर्ष निकालेको पनि पौडेलले रिटमा दाबी गरेका छन् ।

रिटमा दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले माग गरेका छन् ।

पौडेलकै रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लामिछानेको नागरिकता खारेज गरिदिएपछि गुमेको चितवन–२ को सांसद पदका लागि उपनिर्वाचनबाट पुनः लामिछाने रास्वपाबाट उम्मेदवार बनेका छन् । पौडेलको रिट अध्ययनकै चरणमा रहेको र दर्ता भइ नसकेको पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ४ : १८ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो