१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले अब सम्वद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पारे ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधामन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढाइने बताए ।

आयोजनाका बारेमा गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमा समेत स्पष्ट रुपमा लेखिएको, सत्ता गठबन्धनमा आवद्ध दलको समेत स्पष्ट दृष्टिकोण रहेकाले कुनै द्विविधा नराख्न प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

सरकारले सो आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिसकेको भए पनि काम भने प्रभावकारी हुनसकेको छैन । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको कामा लामो समयदेखि अगाडि बढ्न सकेको छैन ।

“प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौँ, स्थानीयबासीको आशङ्कासमेत हटेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयले गुनासो गरेका थिए ।” उनले प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनाका साथ आयोजना अघि बढाउने प्रतिबद्धता जनाएको बताए ।

प्रधानमन्त्रीले सो अवसरमा आयोजना अगाडि बढाउन स्थापना गरिएको कम्पनीलाई समेत अब गति दिन र त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आवश्यक निर्देशन दिइने बताएका थिए ।

सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार पारेको थियो । जसमा सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी स्थापना गरेको थियो ।

कम्पनी स्थापनाको निर्णय गर्ने तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहनुभएका भुसाल पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ४ : १३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज