२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

शान्तिको कामना सहित बुटवलदेखि लुम्बिनीसम्म साइक्लिङ यात्रा



बुटवल । विश्व शान्तिको कामना गर्दै शनिबार बुटवलदेखि लुम्बिनीसम्म शान्ति साईकल यात्रा गरिएको छ ।

लुम्बिनी विकास कोष र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा रुपन्देही जिल्ला साईक्लिङ संघले शनिबार शान्ति साईकल यात्रा आयोजना गरेको हो । बुटवलको ट्राफिक चोकमा साइकल यात्राको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले साईकलमार्फत शान्ति र पर्यटनलाई जोड्ने नमुना काम भएको बताए ।

बुटवल सामरिक महत्व बोकेको जितगढी किल्ला रहेको स्थल हुदै विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थलसम्म गरिएको यात्रा भौतिक दुरी कायम गरेर शारीरिक ब्यायाम समेत हुने बताए । उनले सौखमात्र नभइ यसबाट दैनिक उपाजर्नका लागि प्रयोग हुने गरि नेपालमा नै साईकल उद्योग खोल्न युवाहरुलाई सुझाव दिए ।

युवाहरु मिलेर साईकल कम्पनि नेपालमै खोल्नुपर्छ । उनले भने । वर्षेनी विदेशी साईकलमा जाने रकम रोक्नतर्फ लाग्न उनले सुझाव दिए । यात्रामा बुटवल, तिलोत्तमा, सैनामैना र तौलिहवाका गरि ४५ जना साइक्लिष्टहरु सहभागी भएका थिए । साईक्लिष्टहरु बुटवलबाट सैनामैना रामापुर हुदै बुद्धजन्मस्थल लुम्बिनीमा पुगेर दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा लुम्बिनी होटल ब्यवसायी संघका पदाधिकारीहरुले साईकल यात्रुहरुलाई खादा लगाएर स्वागत गरेका थिए । संघका सचिव लिलामणी शर्माले पर्यटन ब्यवसायीहरुको योजनालाई मुर्त रुपमा दिने काम भएको बताए । लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन र वातावरण जोगाउन साईक्लिङ सहयोगी हुने भन्दै ३ दिनको प्याकेज सहितको योजना ल्याएको उनले बताए । यात्रामा सबैभन्दा कान्छा ७ वर्ष १० महिनाका मनिक श्रेष्ठले साईकल चलाएर यात्रा पुरा गरेका थिए ।

गोलपार्क श्रेष्ठ एभरेष्ट बोर्डिङमा कक्षा ३ मा अध्ययन गर्दछन । संघका अध्यक्ष पुकार थापाले विश्वशान्तिसंगै पर्यटन प्रवद्र्धनका लागि समेत यात्रा लाभदायक भएको बताए ।

सैनामैना र लुम्बिनी सास्कृतिक नगरलाई ध्यानाकर्षण पत्र

रुपन्देही जिल्ला साईक्लिङ संघले साईकलमैत्री पूर्वाधार निमार्ण गर्न स्थानिय पालिकाहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शनिबार सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर केसी र लुम्बिनी सास्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीलाई संघका अध्यक्ष पुकार थापा, यात्रा संयोजक अभिशेष भारी, सचिव अशोक राई, कोषाध्यक्ष बिमल बस्नेतले पत्र बुझाएका हुन । सैनामैनामा पत्र बुझदै नगरप्रमुख केसीले नगरका सबै योजनालाई जनताको चाहना र ईच्छा अनुसार ढालिने बताए ।

देशमै सबैभन्दा धेरै ३५ प्रतिसत साईकल चलाउने समुहको आवश्यकता अनुसार पूर्वाधार नहुदा सडक दुर्घटना बढेको भन्दै अब यसतर्फ सरकारले ध्यान दिने बताए । सैनामैना नगरका पर्यटकिय क्षेत्रहरुलाई जोड्ने गरि गुरुयोजना अनुसार साईकलमैत्री अवधारण ल्याउने समेत उनले बताए ।

यता लुम्बिनी सास्कृतिक नगरका नगरप्रमुख चौधरीले युवाहरुबाट राम्रो सुझाव आएको बताए । पोखरादेखि लुम्बिनीसम्म पद यात्रा र साईकल यात्रा गराउने गरि योजना बनाएको भन्दै उनले इन्धनका सवारी रोक्न जरुरी रहेको भन्दै नगरलाई साईकलमैत्री बनाउने तर्फ लागेको दाबी गरे । तराईमा साईकल चलाउने धेरै छन तर साईकलमैत्री सडक नहुदा समस्या परेको उनले बताए ।

विश्वभरका पर्यटक भित्रने लुम्बिनीमा नगरपन्क्षीका रुपमा सारस चरालाई घोषणाा गरिएको भन्दै यहा पर्यटक सारस हेर्न पनि वर्षेनी धेरै आउने गरेको बताए । वडा नं १२ मा बर्ड पार्क बनाउन योजना अनुसार काम भैरहेको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : २० बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा