२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

तनहुँ-१ मा उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय



तनहुँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।

उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ । एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले)लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लार्ई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय निर्धारण गरिएको छ । अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग समन्वय गरिने बताए । उपनिर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन प्रशासन प्रतिबद्ध रहेको बताए ।

नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल, एमालेका उपसचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका अध्यक्ष ओमराज आले, एकीकृत समाजवादीका अध्यक्ष श्रीराम कार्की, राप्रपाका अध्यक्ष विनोद घर्तीलगायतले आचारसंहिता पालनामा आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले उम्मेदवारी दर्ताका क्रममा आवश्यक कागजात, पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा प्रष्ट पारेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : २३ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको