तनहुँ । नेकपा एमालेबाट तनहुँ क्षेत्र नं. १ मा सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल यसअघि गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार थिए । खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् । ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका खनालले निर्वाचन कार्यालयले उपलब्ध गराएको समयमा मनोनयन दर्ता गराएका हुन् ।
अहिलेसम्म तनहुँ–१ मा नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट भर्खरै कांग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।
तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।



















प्रतिक्रिया