३० असार २०८३, मंगलबार | July 14, 2026

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालद्वारा उम्मेदवारी दर्ता



तनहुँ । नेकपा एमालेबाट तनहुँ क्षेत्र नं. १ मा सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल यसअघि गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार थिए । खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् । ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका खनालले निर्वाचन कार्यालयले उपलब्ध गराएको समयमा मनोनयन दर्ता गराएका हुन् ।

अहिलेसम्म तनहुँ–१ मा नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट भर्खरै कांग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।

तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : २९ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट