३० भदौ २०८३, मंगलबार | September 15, 2026

बेन्जिमाको ह्याट्रिक, बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा



काठमाडौं । क्याटलान क्लब बार्सिलोनालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा ४-० तथा समग्रमा ४-१ को जित निकाल्दै रियलले फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार रातिको खेलमा करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले बार्सिलोनामाथि ४-० को जित निकाल्यो । पहिलो लेगमा भने बार्सिलोना १-० ले विजयी भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। ५०औं करिम बेन्जिमाले गोल गर्दै रियललाई २-० को अग्रतामा पुर्‍याए ।

खेलको ५८ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । यस्तै, खेलको ८० औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दा रियल ४-० ले विजयी भयो ।

कोपा डेल रेको उपाधिका लागि अब रियलले ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल मे ६ मा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : ५५ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको