१ पुस २०८२, मंगलबार | December 16, 2025

सरकारका न्युनतम साझा कार्यक्रमलाई ‘फाइनल’ गर्न गठबन्धनको बैठक सुरु



काठमाडौं । १० राजनीतिक दल आवद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्ने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पुर्णता दिने बारेमा छलफल हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्युनतम साझ कार्यक्रमलाई सार्वजनिक गर्नु अघि गठबन्धनका शिर्ष नेतावाट अनुमोदन गराउनका लागि बैठक बसेको हो । शिर्ष नेताबाट अनुमोदन भए पछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएको बुझिएको छ ।

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १० : ०५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष