१६ असार २०८३, मंगलबार | July 1, 2026

अन्तर्राष्टिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम



लुम्बिनी । प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद दिवसको अवसरमा विहिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ सम्पन्न भएको हो ।

म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा दूरी पार गरेका थिए । २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड लिदै नेपाल प्रहरीका करण खड्का दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेण्ड समय लिँदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् । खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधीलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेको गेट अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ६ : ०७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी