१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मौरी पालन क्षमता अभिवृद्धि तालिम सुरू



लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा मौरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।

सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जोन कमान्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत ब्यक्तिहरूको सहभागिता छ ।

मौरी जोन कमान्ड क्षेत्र भित्र पर्ने बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, दोर्दी, दुधपोखरी र क्व्होँलासोंथर गाउँपालिकाका गरि ३० जना सहभागी छन् ।

सहभागीलाई कार्यालय प्रमुख अजय अधिकारी, पुर्व कार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, जोन सञ्चालक समितिका संयोजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङ, मौरी उद्दमी मीनबहादुर गुरूङ, परियोजनाका नायव प्राविधिक सहायक बुद्वीलाल आलेले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीलाई प्रयोगात्मक सिकाईसहित मौरी पालनमा आवस्यक सामाग्री पनि वितरण गरिने कृषि अधिकृत हरि मिजारले बताए ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरूङले मौरी पालनलाई ब्यवसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न किसानहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ४८ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना