४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौरी पालन क्षमता अभिवृद्धि तालिम सुरू



लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा मौरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।

सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जोन कमान्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत ब्यक्तिहरूको सहभागिता छ ।

मौरी जोन कमान्ड क्षेत्र भित्र पर्ने बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, दोर्दी, दुधपोखरी र क्व्होँलासोंथर गाउँपालिकाका गरि ३० जना सहभागी छन् ।

सहभागीलाई कार्यालय प्रमुख अजय अधिकारी, पुर्व कार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, जोन सञ्चालक समितिका संयोजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङ, मौरी उद्दमी मीनबहादुर गुरूङ, परियोजनाका नायव प्राविधिक सहायक बुद्वीलाल आलेले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीलाई प्रयोगात्मक सिकाईसहित मौरी पालनमा आवस्यक सामाग्री पनि वितरण गरिने कृषि अधिकृत हरि मिजारले बताए ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरूङले मौरी पालनलाई ब्यवसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न किसानहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको