काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताएका छन् । राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी पोख्दै उनले समाजिक सञ्जाल मार्फत देश सफा गर्नु नेताहरुलाई डम्प गर्नुपर्ने बताएका हुन् ।
काठमाडौंको फोहर व्यवस्थापनमा दलबाट सहयोग नपाएको संकेत गर्दै महानगर प्रमुख शाहले नेताहरु प्रति आक्रोश पोखेका हुन् । काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले पटक पटक दलका नेताहरुसँग असन्तुष्टी पोख्दै आएका छन् ।
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’



















प्रतिक्रिया