१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

चिनियाँ राजदूतको अन्तर्वार्ता लिएपछि प्रेस ट्रष्ट अफ इन्डियामाथि वर्षियो सरकारी डण्डा, राष्ट्रहित विरोधी काम गरेको आरोप



भारतको चर्चित समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया पीटीआईमाथि राष्ट्र विरोधी सामाचार प्रकाशित प्रसारित गरेको अभियोग लागेको छ ।

गत जुन १५ मा गलवान क्षेत्रमा भएको चिनियाँ सेनासँगको हिंस्रक झडपमा २० जना भारतीय सेना मारिएपछि भारतमा चीन विरोधी माहोल बढिरहेको छ ।

तर, तनाबपूर्ण विादकै बीच भारतका लागि चिनियाँ राजदूतको अन्तर्वार्ता लिएका कारण पीटीआई भारत सरकारको निशानामा परेको हो । पीटीआईमाथि केन्द्र सरकारको नियन्त्रणमा रहेको प्रसार भारतीले कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

चिनियाँ राजदूतको अन्तर्वाता देशका लागि अहितकर रहेको र भारतको अखण्डतामाथि चोट पुर्याउने खाले रहेको भन्दै प्रसार भारतीले शनिबार पीटीआईलाई राष्ट्र हितमा नरहेको अन्तर्वार्ता लिएको बारे स्पष्टिकरण पत्र पठाएको हो । प्रसार भारतीका प्रमुख समीर कुमारले पीटीआईका मार्केटिङ प्रमुखलाई पत्र पठाएका छन् ।

प्रसार भारतीयले पीटीआईसँग आफ्नो सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएको छ ।

पीटीआईले चिनियाँ राजदूत सुन वेइडोङको अन्तर्वार्ता लिएको थियो । चिनियाँ दूतावासको वेवसाइटमा समेत प्रकाशित सो अन्तर्वार्ताको क्रममा राजदूत सुनले सीमामा भारतकै कारण तनाब बढेको आरोप लगाएका थिए । तनाब समाप्त गर्न पनि भारतकै भूमिका प्रमुख हुने सुनले जिकिर गरेका थिए ।

पीटीआईले बेइजिङबाट समेत रिपोर्टिङ गर्दै आएको छ ।

गलवान घाँटीमा भारत र चीनब बीच बढेको तनाब र २० भारतीय सेनाको मृत्युपछि भारतमा चीन विरोधी गतिविधि बढिरहेको छ । चिनियाँ सामान बहिस्कार गर्नेदेखि आफैले खरिद गरेको चिनियाँ उत्पादनहरुलाई तोडफोड गर्दै आफ्नो आक्रोश व्यक्त गरिरहेका छन् ।

भारतीय सेना गलवान क्षेत्रमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीको चिनियाँ क्षेत्रमा प्रवेश गरेर सडक निर्माणको काम गरेको भन्दै चीनले आपत्ति जनाउँदै रोकेपछि तनाव सुरु भएको थियो । भारतको विदेश मन्त्रालयले भने चिनियाँ सेनाले भारतीय जमिन अतिक्रमण गरेको आरोप लगाएको थियो ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी मुलुककाु सेना आफ्नो देशका सीमा भित्र प्रवेश नगरेको स्वीकार गरेका छन् ।

गलवानमा बढेको सैन्य तनाबले दुई विशाल छिमेकी मुलुकको सम्बन्ध तल्लो स्तरमा झरेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : ३६ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट