२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सभामुखको पहलमा टिआरसीसम्बन्धी विधेयकमा प्रारम्भिक छलफल

फास्ट ट्रयाकमा लैजान ओलीले मानेनन्, मध्यमार्ग खोज्ने प्रचण्डको प्रयास



काठमाडौं । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी)सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्रयाक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन ।

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा सहमति जुट्न नसकेको हो ।

सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी)सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्रयाक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।

प्रमुख विपक्षी दलका नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राखेका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने, “सदनका काम कारबाहीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नै छलफल भयो, यो प्रारम्भिक छलफल हो, छलफल सकारात्मक छ, टिआरसीको विषयलाई समितिमार्फत लैजानुपर्ला ।”

प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि विज्ञको सहायतामा बीचको बाटो खोज्ने प्रयास भइरहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, “खासगरी यो टिआरसीसम्बन्धी वियेयक, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्वन्धी विधेयकलाई राष्ट्रको निम्ति जतिसक्दो चाँडो टुङ्ग्याउन जरुरी छ भन्ने विषयमा गम्भीर छलफल भयो, त्यसमा सहमति बनाउने भन्ने विषयमा सैद्धान्तिकरुपमा सहमत नै छौँ, तर यस्का केही प्राविधिक पक्ष पनि छन् ।” शीर्ष नेतृत्वमा सोही विषयमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : २८ बजे

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका

अन्तुपोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको