३१ असार २०८३, बुधबार | July 15, 2026

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोभिड-१९ सङ्क्रमण



नयाँदिल्ली । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो । यसैगरी सक्रिय सङ्क्रमितको हालको सङ्ख्या ३२ हजार ८१४ रहेको छ । आइतबारसम्म दैनिक सकारात्मकता दर ३।३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा तीन हजार सात सय २६ निको हुँदा निको हुनेको कुल सङ्ख्या चार लाख ४१ लाख ९२ हजार आठ सय ३७ पुगेको बुलेटिनले जनाएको छ र अहिले समग्र निको हुने दर ९८ दशमलव ७४ प्रतिशत रहेको छ ।

राष्ट्रव्यापी खोप अभियान अन्तर्गत आइतबारसम्म कुल २२०.६६ करोड खोपको डोज दिइएको छ जसमध्ये पछिल्लो २४ घण्टामा ६५९ डोज दिइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : ०० बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा