१ आश्विन २०८३, बिहिबार | September 18, 2026

जनउत्थान सामुदायिक लघुवित्तको १२ औं वार्षिक साधारण सभा सम्पन्न



बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबारका सस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल सरकारका पूर्व सचिव तथा संस्थाका संस्थापक अध्यक्ष डा.मानबहादुर वी केले साधारणसभा सम्पन्नताको शुभकामना दिदै हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरुलाई समाधान गर्नका लागि दिर्घकालिन रणनितीहरु निर्माण गरि आगामी दिनहरुमा सामुदायिक बैंकिङ्गको धारणालाई अवलम्बन गर्ने गरि सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी रु.१४ करोड ७९ लाख ६ हजारको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु.११ लाख६ ७हजार ६ सय ७९ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु.२ करोड २१ लाख ८५ हजार ९ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रु २५ करोडबाट बृद्धि गरी रु ५० करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने÷गाभिने तथाप्राप्ती÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।

सभाको समापन गर्दै अध्यक्ष विश्वकर्माले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा देखा परेको चूनौतीको समाधानका लागि दिर्घकालिन रणनिति तथा योजनाहरु निमार्णमा लागि सदस्यहरुको गुनासोको उचित व्यवस्थापन गर्ने गरि वित्तीय संस्थाले प्रवाहगर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

संस्थाका सञ्चालक समितिका सदस्य रेवन्तबहादुर विश्वकर्माको स्वागत मन्तव्य सहितको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक डा.यमबहादुर बि.के., पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल लगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रम सञ्चालन संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव सुर्य प्रसाद उपाध्यायले गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : ३८ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा