४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलमा विद्युतीय सुरक्षा दिवस-२०७९ विभिन्न कार्यक्रम गरी मनाइयो



बुटवल । नेपाल विद्युत प्राधिकरणले देशैभरका कार्यालयहरुमा विद्युत सुरक्षा दिवस-२०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्युत प्राधिकरण तथा इलेक्ट्रीकल इञ्जिनियरिङ्ग सोसाइटि (सिन) को संयुक्त आयोजनामा २०७३ साल देखि शुरु भएको यस दिवसमा खासगरि विद्युतीय दुर्घटनाबाट हुने मानविय तथा भैतिक क्षतिको न्यूनीकरण तथा सुरक्षा विधि सम्बन्धि अन्तरक्रिया तथा विविध कार्यक्रमहरु गरेर मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज डिभिजन कार्यालय, बुटवल ग्रीड महाशाखा तथा सबै शाखाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा प्रभात फेरीसंगै सचेतना कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कार्यालय प्रमुख, निर्देशक ई नवराज वाझाले ‘सुरक्षा पहिलो प्राथमिकता’ मुल मन्त्रको पालना गर्न सबै कर्मचारीहरुलाई निर्देशन दिदै विद्युतीय क्षेत्रमा काम गर्ने प्राविधिक कर्मचारीहरुलाई सुरक्षा सपथ समेत खुवाए । साथै विद्युतको अनाधिकृत प्रयोगसंगै दुर्घटना समेत निम्तिने भन्दै उनले जनचेतना तथा प्रचार प्रसारमा समेत विद्युत प्राधिकरण लागेको बताए ।

सोहि कार्यक्रमामा बोल्दै नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रीड महाशाखा प्रमुख ई सुरज गौतमले समेत सुरक्षा प्राथाकिमतामा राखेको भन्दै मानविय सुरक्षासंगै उपकरण तथा लाइनको सुरक्षामा समेत चासो हुनुपर्ने बताए । सुरक्षा उपकरण, यसको उचित प्रयोग तथा ति उपकरणहरुको चेक जाच नियमित गर्नु पर्ने भन्दै विद्युतीय क्षेत्रमा काम गर्दा नँया र भरपर्दा प्रविधिलाइ समेत प्रयोगमा ल्याउन सके दुर्घटना न्युनिकरण गर्न सकिने बताए ।

विद्युत प्राधिकरण, नेपालगंज डिभिजन कार्यालय प्रमुख ई हरि प्रसाद पाण्डेले आफु नेपाल विद्युत प्राधिकरणमा लामो समय देखि विभिन्न प्राविधिक तथा सुरक्षा विषयमा समेत तालिम दिदै आएको बताउदै सुरक्षा सम्बन्धि अझै बढि सचेत रहेको बताउदै शाखाहरुमा हुने विभिन्न प्राविधिक तथा मानवीय त्रुटिबाट हुने व्रिद्युतीय दुर्घटना कम गर्न सबै कार्यालयहरुमा नियमित अन्तरक्रिया कार्यक्रम हुने गरेको बताए ।

सोहि सन्दर्भमा बोल्दै विद्युत प्राधिकरण, राष्ट्रीय कर्मचारी युनियन लुम्बिनी प्रदेशका अध्यक्ष तथा सहायक इन्जिनियर टेक बहादुर बुढाले विद्युत सुरक्षा सामग्रीको प्रयोगमा हेलचेक्राइ, जिर्ण भएका उपकरणहरुको प्रयोग, काममा एकाग्रताको कमि, सुचना प्रवाहमा कम, सुरक्षा उपकरणहरुले उचित काम नगर्दा विद्युतीय दुर्घटना हुने भन्दै विद्युतीय क्षेत्रमा काम गर्ने सबै कर्मचारीहरु तथा आम उपभोक्त्ताहरुलाई समेत जनचेतना तथा तालिमको प्रयाप्त अवसर दिनुपर्ने बताए । हरेक वर्ष विद्युत प्राधिकरणमा विद्युतीय दुर्घटनाबाट धेरै धनजनको क्षती हुने गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : ०१ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार