३१ असार २०८३, बुधबार | July 15, 2026

जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते



धनगढी । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन् । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरु जीप दुर्घटनामा परेका बताइएको छ । मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : १६ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा