९ भदौ २०८३, मंगलबार | August 25, 2026

लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री थारु र चिनियाँ राजदूतबीच भेटवार्ता



बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ राजदूत छन सोङ बीच भेटवार्ता भएको छ । पहिलो पटक लुम्बिनी प्रदेश आएका राजदूत सोङ र पूर्वमन्त्री थारुबीच कपिलवस्तुमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा पूर्वमन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत सोङलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना सहित लुम्बिनी प्रदेशमा स्वागत गरेका थिए ।

भेटमा थारुले प्रदेश राजधानी निर्माणमा चिनियाँ सरकारको सहयोगको अपेक्षा गरे । उनले चिनियाँ सहयोग थप बलियो बनाउदैँ चिनियाँ सरकार र लुम्बिनी प्रदेश बिच द्विपक्षीय सुमधुर सम्बन्ध बनाउन आग्रह गरेका थिए । भेटवार्तामा संसदीय गतिविधि आदान प्रदान लगायतका बिषयमा छलफल भएको उनले बताए ।

पूर्वमन्त्री थारुले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिदैँ लुम्बिनी प्रदेशको समग्र बिकास र प्रदेश राजधानीलाई नयाँ मोडलको सिटि बनाउने योजना आफुहरुले तयार पारेको बताए । उनले राजदूत सोङलाई लुम्बिनी प्रदेश राजधानी भ्रमणको लागी निमन्त्रणा समेत गरे ।

सो अवसरमा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवी राज पाख्रेलले भौतिक बिकासमा प्रदेशको अबस्था बारे राजदूत सोङ समक्ष ब्रीफिङ समेत गरेका थिए ।

चिनियाँ राजदूत सोङले मन्त्री थारुको प्रस्ताव र प्राधिकरण प्रमुखको ब्रीफिङ लाई संबोधन गर्दै लुम्बिनी प्रदेश बिकासका लागी चिनियाँ सरकार सधै सहकार्य गरी अगाडि बढ्ने बिश्वास व्यक्त गरे।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ५३ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै