७ आश्विन २०८३, बुधबार | September 23, 2026

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भैरहेको छ ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा निर्धारित समयभन्दा २ घण्टा ढिलो मतदान सुरु भएको हो। मतदान बिहान ८ बजे सुरु हुने भनिएको थियो ।

अपरान्ह ४ बजेसम्म मतदान भएपछि ५ बजेबाटै साँझ ५ बजेपछि मतगणना सुरु हुनेछ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी रहेको महासंघ निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता रहेका छन् । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।

विधानअनुसार महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः चयन हुनेछन् । त्यसैले अर्को पटकको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदको चयनलाई विशेष मानिएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई मैदानमा रहेका छन् । उनीहरुको आआफ्नो प्यानल रहेको छ ।

निर्वाचनमा कुल ११८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई