४ पुस २०८२, शुक्रबार | December 20, 2025

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भैरहेको छ ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा निर्धारित समयभन्दा २ घण्टा ढिलो मतदान सुरु भएको हो। मतदान बिहान ८ बजे सुरु हुने भनिएको थियो ।

अपरान्ह ४ बजेसम्म मतदान भएपछि ५ बजेबाटै साँझ ५ बजेपछि मतगणना सुरु हुनेछ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी रहेको महासंघ निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता रहेका छन् । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।

विधानअनुसार महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः चयन हुनेछन् । त्यसैले अर्को पटकको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदको चयनलाई विशेष मानिएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई मैदानमा रहेका छन् । उनीहरुको आआफ्नो प्यानल रहेको छ ।

निर्वाचनमा कुल ११८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको