५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बैशाख १ बाट बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनादेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बुधबार बसेको बैंकर्स संघको निर्णय आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।

नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ ।

वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ ।

वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए भने संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए ।

नयाँ ब्याजदर शुक्रबार अर्थात् भोलि वैशाख १ गतेबाट कार्यान्वयनमा जानेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ३ : ५४ बजे

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

काठमाडौँ । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा