९ पुस २०८२, बुधबार | December 24, 2025

सुदूरपश्चिममा बिसु पर्व मनाइँदै



काठमाडौं । नयाँ वर्ष (२०८० साल) सुरु भएको दिन, आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ । सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन् ।

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ ।

बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन् । वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन् ।

वर्षको पहिलो दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ । सिस्नो लगाउँदा शरीरमा भएको विष (विकार बस्तु) नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ ।

देवर-भाउजु, नन्द-भाउजु, साली-भिनाजु, फुपु-सालीहरुका बीचमा सिस्नो र पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।

बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखि नै हुने गर्छ । बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो-सेतो माटो (कमेरो)ले पोतेर चिटिक्क पारिन्छ ।

पर्वका अवसरमा आफन्त तथा नातेदारहरुलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ । वर्षको अन्तिम दिन राति सेल, पुरी, माडा, निसोस्या लगायत मिष्ठान्न परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : २६ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना