२० भदौ २०८३, शनिबार | September 5, 2026

सुदूरपश्चिममा बिसु पर्व मनाइँदै



काठमाडौं । नयाँ वर्ष (२०८० साल) सुरु भएको दिन, आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ । सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन् ।

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ ।

बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन् । वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन् ।

वर्षको पहिलो दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ । सिस्नो लगाउँदा शरीरमा भएको विष (विकार बस्तु) नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ ।

देवर-भाउजु, नन्द-भाउजु, साली-भिनाजु, फुपु-सालीहरुका बीचमा सिस्नो र पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।

बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखि नै हुने गर्छ । बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो-सेतो माटो (कमेरो)ले पोतेर चिटिक्क पारिन्छ ।

पर्वका अवसरमा आफन्त तथा नातेदारहरुलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ । वर्षको अन्तिम दिन राति सेल, पुरी, माडा, निसोस्या लगायत मिष्ठान्न परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : २६ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार